सम्पदा लघुवित्तले मर्जर प्रस्ताव सहित बोलायो साधारणसभा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ १७ गते आइतबार नवलपरासी पूर्वस्थित द नारायाणी रिसोर्टमा बिहान ११ बजेदेखि नवौं वार्षिक साधारणसभा बोलाएको छ।
उक्त सभाले अन्य कुनै लघुवित्तसँग मर्जरमा जानका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बूक क्लोज गर्ने निर्णय गरेको छ। बूक क्लोजको आधारमा जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।











