स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ
२२ बैशाख २०८३, मंगलवार १०:२३

काठमाडौं । स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक सर्वेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार जोशीलाई सोमबार काठमाडौं महानगरपालिका–२, खुर्सानीटार क्षेत्रबाट पक्राउ गरिएको हो।
प्रहरी अनुसन्धानका क्रममा स्मार्ट टेलिकमसँग सम्बन्धित सम्पत्तिको दुरुपयोग गरी सरकारी हितविपरीत काम भएको आशंकामा जोशीमाथि अनुसन्धान अघि बढाइएको बताइएको छ।











