नेको इन्स्योरेन्सको ‘ए प्लस’ रेटिङ पुनः पुष्टि

२२ बैशाख २०८३, मंगलवार ११:३२

काठमाडौँ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले नेको इन्स्योरेन्स लिमिटेडको इस्युअर रेटिङ ‘आईआरएन ए प्लस’ पुनः पुष्टि गर्दै निगेटिभ प्रभावसहितको वाच सूचीबाट हटाएको छ । सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको निष्कर्ष निकालिएको हो ।

उक्त रेटिङले कम्पनीको समग्र वित्तीय अवस्था सन्तुलित रहेको संकेत गर्दछ । यस स्तरका इस्युअरहरूलाई कम क्रेडिट जोखिम भएका संस्थाका रूपमा लिइन्छ । बीमा व्यवसायको प्रतिस्पर्धात्मक वातावरणबीच पनि कम्पनीले आफ्नो दायित्व व्यवस्थापनमा स्थिरता कायम राख्न सकेको मूल्यांकन गरिएको छ ।

यसअघि कम्पनीको रेटिङ निगेटिभ प्रभावसहितको वाचमा राखिएको थियो । पछिल्लो मूल्यांकनपछि उक्त जोखिम घटेको ठहर गर्दै रेटिङलाई स्थिर अवस्थामा राखिएको हो । बीमा क्षेत्रमा वित्तीय अनुशासन, दाबी भुक्तानी क्षमता तथा लगानी व्यवस्थापन जस्ता पक्षहरूलाई आधार मानेर रेटिङ निर्धारण गरिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*