अर्थ मन्त्रालय मातहतका निकायमा राजनीतिक नियुक्ति खाएका ब्यक्ति पदमुक्त, को–को भए ?

२२ बैशाख २०८३, मंगलवार १९:०६

काठमाडौँ ।  अध्यादेश जारी भएसँगै अर्थ मन्त्रालय मातहतका विभिन्न निकाय तथा संस्थानहरूमा रहेका सञ्चालक, सदस्य तथा उच्च पदस्थ अधिकारीहरू पदमुक्त भएका छन् ।  कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था, नेपाल धितोपत्र बोर्ड, निक्षेप तथा कर्जा सुरक्षण कोष तथा नेपाल बीमा प्राधिकरणमा रहेका महत्वपूर्ण पदहरू स्वतः रिक्त भएका हुन् ।

कर्मचारी सञ्चय कोषमा अध्यक्षका रूपमा रहेका नेपाल सरकारका बहालवाला राजश्व सचिव भूपाल वराल पदमुक्त भएका छन् । त्यस्तै सदस्यहरूमा डा. धनिराम शर्मा (नेपाल सरकार बहालवाला सहसचिव), इश्वर कार्की, विनोद थापा, प्रा. डा. तारा प्रसाद भूसाल र  देवेन्द्र रमण खनाल रहेका थिए । कोषका प्रशासकका रूपमा रहेका जितेन्द्र धिताल पनि पदमुक्त भएका छन् ।

नागरिक लगानी कोषमा अध्यक्ष रहेका तुलसी प्रसाद घिमिरे, विज्ञ सञ्चालक हेमन्त राज रमाली तथा कार्यकारी निर्देशक पर्वत कुमार कार्की पनि पदमुक्त भएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाको परिषद्‌मा रहेका तीन जना सदस्यहरूमा कुमार राई, थान प्रसाद पज्ञानी (नेपाल सरकार सहसचिव) र  श्याम प्रसाद भण्डारी (नेपाल सरकार बहालवाला सहसचिव) पदमुक्त भएका छन् ।

सोही संस्थाअन्तर्गत लेखामान बोर्डमा अध्यक्ष सुनिल कुमार ढुंगेलसहित सदस्यहरू मनमोहनराज काफ्ले, जितेन्द्र कुमार मिश्र,  दुर्गा प्रसाद ज्ञवाली,  मनिषराज उप्रेती र विदुर लुइटेल तथा सदस्य पोषराज नेपाल पनि पदमुक्त भएका छन् । लेखापरीक्षणमान बोर्डमा अध्यक्ष जगन्नाथ उपाध्याय निरौलासहित सदस्यहरू रविन्द्र राजभण्डारी, क्षेत्र गोपाल प्रधान, शेषमणी दाहाल तथा सदस्य गणेशराज राई पनि पदमुक्त भएका छन् ।

नेपाल धितोपत्र बोर्डमा रहेका सदस्य पिताम्वर भण्डारी पनि पदमुक्त भएका छन् ।

निक्षेप तथा कर्जा सुरक्षण कोषमा सदस्य पद रिक्त रहेको उल्लेख गरिएको छ भने सदस्य प्रकाश जंग थापा र प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे पनि पदमुक्त भएका छन् ।

त्यसैगरी नेपाल बीमा प्राधिकरणमा जीवन बीमा तर्फ सदस्य रहेका डा. गणेश प्रसाद पाण्डे पदमुक्त भएका छन् भने निर्जीवन बीमा तर्फको सदस्य पद भने पहिले नै रिक्त रहेको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*