यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
२३ बैशाख २०८३, बुधबार ०७:४१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख २३ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदभाउ १५२.१६ रुपैयाँ र बिक्रीभाउ १५२.७६ रुपैयाँ तोकिएको छ।
त्यसैगरी यसदिन एक अष्ट्रेलियन डलरको खरीददर १०९.१५ रुपैयाँ र बिक्रीदर १०९.५८ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.६५ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ, एक कतारी रियालको खरीददर ४१.७४ रुपैयाँ र बिक्रीदर ४१.९१ रुपैयाँ तोकिएको छ।
त्यसैगरी एक यूएई दिरामको खरीदमूल्य ४१.४३ रुपैयाँ र बिक्रीमूल्य ४१.५९ रुपैयाँ, एक मलेसिनय रिंगिटको खरीदमूल्य ३८.४० रुपैयाँ र बिक्रीमूल्य ३८.५५ रुपैयाँ र एक बहराइन दिनारको खरीदमूल्य ४०२.९१ रुपैयाँ र बिक्रीमूल्य ४०४.५० रुपैयाँ कायम भएको छ।












