सानिमा जिआईसीको शेयरमूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार?
२३ बैशाख २०८३, बुधबार ०८:१२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सानिमा जिआईसी इन्स्योरेनस लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारणसभा तथा लाभांश वितरणका लागि कम्पनीले बूक क्लोज गरेसँगै मूल्य समायोजन भएको हो।
नेप्सेले अघिल्लो दिन अर्थात मंगलबार दोस्रो बजारमा भएको कारोबारको अन्तिम मूल्य ४७४.३० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको छ। समायोजनपछि कम्पनीको नयाँ शेयरमूल्य ४५१.७१ रुपैयाँ कायम भएको छ। यही समायोजित मूल्यलाई आधार बनाएर आज कम्पनीको शेयर कारोबार खुल्नेछ।












