महासंघको एसोसिएट सदस्यमा सचिन ढकाल सर्वाधिक मतसहित विजयी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको एसोसिएट सदस्यतर्फको निर्वाचनमा सचिन ढकाल सर्वाधिक मतसहित पहिलो स्थानमा निर्वाचित भएका छन्। एसोसिएटतर्फका १७ सदस्य पदका लागि भएको प्रतिस्पर्धामा उनले १ हजार ३ सय १८ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी हेमन्त गोल्छाले १ हजार २ सय २ मत प्राप्त गरेका छन्।
निवर्तमान अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल आइएमई ग्रुपसँग आवद्ध छन्। व्यवसायिक पृष्ठभूमिसँगै उनी खेलकुद क्षेत्रमा पनि सक्रिय छन्। फुटबल चितवन क्लब (एफसी चितवन)का अध्यक्ष रहेका ढकाल पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा समेत संलग्न छन्।
उनकै व्यवस्थापनमा बाग्लुङमा इला कम्फर्ट होटल सञ्चालनमा रहेको छ। महासङ्घको एसोसिएटतर्फबाट निर्वाचित सदस्यमध्ये ढकाल सबैभन्दा युवा सदस्यका रूपमा समेत स्थापित भएका छन्।
एसोसिएट सदस्यमा कसको कति मत
१. सचिन ढकाल – १३१८ मत
२. हेमन्त गोल्छा – १२०२ मत
३. अम्बिका प्रसाद पौडेल – ११८३ मत
४. उज्ज्वल कुमार श्रेष्ठ – ११४६ मत
५. शक्ति कुमार बेगानी – ११४२ मत
६. ऋषि अग्रवाल – ११२२ मत
७. राजेश कुमार अग्रवाल – १०८२ मत
८. सुयस प्याकुरेल – १०६९ मत
९. सुशील थापा – १०५४ मत
१०. रामशरण भण्डारी – १०४३ मत
११. बाबु काजी कार्की – १००६ मत
१२. दिवश न्यौपाने – ९९१ मत
१३. प्रियराज रेग्मी – ९५४ मत
१४. इश्वर बहादुर जि.सी. – ९४५ मत
१५. सुरज उप्रेती – ९०७ मत
१६. कृष्ण लाल महर्जन – ८७४ मत
१७. बटु लामिछाने – ८६० मत












