पिआई बीमा पोलिसीमा पुनर्बीमाको दररेट लागू गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पिआई बीमा पोलिसीमा पुनर्बीमाको दररेट लागू गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। बीमा कम्पनीहरुले पिआई बीमा पोलिसीमा बदमासी गरेपछि प्राधिकरणले निर्देशिका सच्चाउदै पिआई बीमा पोलिसीमा पुनर्बीमाको दररेट लागू गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।
सो कारण प्राधिकरणले व्यवसायिक क्षतिपूर्ति र व्यवसायिक दायित्वको बीमामा बीमादर पुनर्बीमाको पर्याप्त व्यवस्था बीमा कम्पनीहरुले नै निर्धारण गर्न निर्देशन दिएको हो ।
प्राधिकरणले बीमकले जारी गर्ने पेशागत दायित्व तथा क्षतिपुर्ति बीमा सम्बन्धी मार्गदर्शन,२०७३ को बुँदा ३.४ मा भएको व्यवस्था र गैर–शुल्क बीमा व्यवसायको लागि न्यूनतम प्रिमियम दर को बुँदा नं ६ मा रहेको व्यवस्थाहरुको सट्टामा “बीमकले जारी गर्ने पिआई इन्स्योरेन्सको बीमादर पुनर्बीमाको पर्याप्त व्यवस्था गर्ने गरी बीमक आँफैले निर्धारण गर्ने ।“ भन्ने व्यवस्था कायम गर्न प्राधिकरणे निर्देशन दिएको हो ।













