बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
२४ बैशाख २०८३, बिहीबार १५:११

काठमाडौँ । शेयर बजारमा एकल अकंको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.९४ अकंले बढेर २७१८.१६ बिन्दुमा कायम भएको हो ।
कारोबार रकम भने खुम्चिएको छ । आज ३३४ कम्पनीको ६६ लाख ८४ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९३ करोड १९ लाखको कारोबार भएको हो ।
आज स्वाबलम्बन लघुवित्तको १२.१९ प्रतिशत, सिर्जनशिल लघुवित्तको ४.२९ प्रतिशत, प्योर इनर्जीको ४.२४ प्रतिशत, त्रिशुली जलविद्युतको ३.८५ प्रतिशतले शेयर मूल्य बढेको छ ।













