नेशनल लघुवित्तको ८६ हजार कित्ता शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

२४ बैशाख २०८३, बिहीबार १५:५८

काठमाडौँ । नेशनल लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ८६ हजार ४९३ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थाका विधमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । शेयर किन्न चाहने इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी काठमाडौँको नेपाल राष्ट्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ ।

तोकिएको अवधि भित्र संस्थापक शेयरधनीबाट कुनै निवेदन प्राप्त नभएको खण्डमा प्रचलित नियमानुसार सर्वसाधारणलाई शेयर बिक्रि गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*