स्वरोजगार लघुवित्तको नाफा सहितका वित्तीय सूचकमा उत्साहजनक वृद्धि

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको नाफा सहितका अधिकांश सूचकमा उत्साहजनक वृद्धि देखिएको हो।
चैत मसान्तसम्म कम्पनीले २१ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आवको चैत मसान्तसम्म कमाएको १६ करोड २ लाख रुपैयाँको तुलनामा ३१.२० प्रतिशतले बढेको हो। आम्दानीमा वृद्धि भएको कारण कम्पनीको नाफा बढ्न पुगेको हो।
आम्दानीतर्फ हेर्दा कम्पनीको खुद ब्याज आम्दानी ४३ करोड ८६ लाख रुपैयाँबाट २२.७३ प्रतिशतले बढेर ५३ करोड ८३ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी ५१ करोड ३० लाख रुपैयाँबाट २१.३४ प्रतिशतले बढेर ६२ करोड २४ लाख रुपैयाँ नाघेको छ।
यता कम्पनीको सञ्चालन मुनाफा २१ करोड ११ लाख रुपैयाँबाट ३९.३२ प्रतिशतले बढेर २९ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा १७ करोड ८ लाख रुपैयाँबाट २५.६० प्रतिशतले बढेर २१ करोड ४६ लाख रुपैयाँ नाघेको छ।
त्यसैगरी प्रतिशेयर आम्दानी ३०.९३ रुपैयाँबाट सामान्य बढेर ३१.३० रुपैयाँ पुगेको छ भने खराब कर्जा ५.३९ प्रतिशतबाट बढेर ७.०१ प्रतिशत पुगेको छ। बेसरेट ११.८९ प्रतिशत रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ १६०.०३ रुपैयाँ रहेको छ।












