आज ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव

२५ बैशाख २०८३, शुक्रबार ११:३३

काठमाडौं । बजारमा अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले दिउँसो ३ बजे बोलकबोलमार्फत निक्षेप संकलन गर्न लागेको जनाएको हो ।

राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सक्नेछन् । आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरका आधारमा गरिनेछ । साथै, बहुब्याजदर प्रणालीअनुसार एउटै संस्थाले विभिन्न ब्याजदरमा बहुबोलकबोल गर्न सक्ने व्यवस्था पनि गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी साउन २७ गते गरिनेछ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिँदै गएपछि राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम तान्दै आएको छ ।

70.-DC_Notice-2083.01.25

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*