समस्याग्रस्त ११ वटा सहकारीका ११० जना ठूला ऋणीहरूको नाम सार्वजनिक

२५ बैशाख २०८३, शुक्रबार १८:४०

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित थप ११ वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ । समितिले बिहीबार ११ वटा सहकारीका ११० जना ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको हो ।

यसअघि बुधबार पनि समितिले १० वटा समस्याग्रस्त सहकारीका ९२ ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको थियो ।

बिहीबार नाम सार्वजनिक गरिएका सहकारीहरूमा कृषि विकास बहुउद्देश्यीय सहकारी, गोरखा सेभिङ एण्ड क्रेडिट, लुःनिभा बहुउद्देश्यीय सहकारी, हाम्रो नयाँ कृषि सहकारी, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट, सोसाइटल बचत तथा ऋण सहकारी, पशुपति सेभिङ एण्ड क्रेडिट, शिव शिखर बहुउद्देश्यीय सहकारी, स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट, कान्तिपुर सेभिङ एण्ड क्रेडिट र लालीगुराँस बहुउद्देश्यीय सहकारी रहेका छन् ।

त्यसैगरी बुधबार पहिलो चरणमा घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठूला ऋणीहरूको नाम सार्वजनिक गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*