छिमेक लघुवित्तको मुनाफा ६ प्रतिशतले बढ्यो

२७ बैशाख २०८३, आईतवार ०७:५१

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको नाफा ८५ करोड ३५ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा लघुवित्तको नाफा ६।२ प्रतिशत बढेको हो।

लघुवित्तको ‘खुद ब्याज आम्दानी’ २ अर्ब २३ करोड रुपैयाँ रहेको छ। ब्याज खर्चमा भएको वृद्धिका बाबजुद संस्थाले सञ्चालन मुनाफालाई स्थिर राख्न सफल भएको छ। चैत मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ९५ करोड ८१ लाख रुपैयाँ रहेको छ।

लघुवित्तमार्फत ग्राहकहरूमा प्रवाहित कूल कर्जा ४४ अर्ब १० करोड रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको अन्त्यमा ३९ अर्ब २८ करोड रुपैयाँ थियो।

लघुवित्तको कुल सम्पत्तिको आकार बढेर ५७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*