ग्लोबल आइएमई बैंकको शेयर सर्वसाधारणका लागि बिक्रीमा

२७ बैशाख २०८३, आईतवार १४:४९

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।

यसअघि बैंकका संस्थापक शेयरधनीहरुले मात्रै शेयर खरिद गर्ने पाउने गरी ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्रै कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । अब उक्त शेयर खरिद गर्ने चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (बैशाख २५ गते) ले ३५ दिन भित्रै आवेदन दिन सक्नेछन् ।

आवेदन बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौँमा दिन सकिने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*