ओरिएण्टल इन्स्योरेन्सको मुनाफा साढे ३० करोड, कस्ता छन् अन्य सूचक ?

२८ बैशाख २०८३, सोमबार ०७:४७

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८२÷०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीका अधिकांश सूचक सुधार तिर गइरहेको देखिएको हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको नाफा १३ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा नाफा ३० करोड ६६ लाख ९५ हजार रुपैयाँ घनात्मक देखिएको हो ।

९ महिनाको अवधिमा कम्पनीको बीमा ब्यवसाय समेत बढेर १ अर्ब ६ करोड ५९ लाख रुपैयाँ पुगेको छ । उक्त ब्यवसाय गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २८.१३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको ब्यवसाय ८३ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै कुल बीमाशुल्क आर्जन पनि बढेर १ अर्ब ८० करोड ७९ लाख रुपैयाँ पुगेको छ। गत आवको यही अवधिमा कम्पनीले १ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो।

कम्पनीको कुल आम्दानी सामान्य बढेर १ अर्ब २८ करोड ६८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस्तो आम्दानी १ अर्ब १३ करोड २८ लाख रुपैयाँ थियो। कम्पनीको कुल खर्च ९० करोड ४३ लाख रुपैयाँ पुगेको छ जुन गत वर्ष १ अर्ब २० करोड ३७ लाख रुपैयाँ थियो।

कम्पनीको महाविपत्ति कोषमा ७ करोड ६७ लाख र जगेडा कोषमा १२ लाख १५ हजार रुपैयाँ सञ्चिति रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*