छानविनमा परेपछि नेपाल इन्भेष्ट बैंकका सिईओमाथि राजिनामा दिन दवाव

२८ बैशाख २०८३, सोमबार ११:२९

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेले राजीनामा दिन दवाव बढेको छ ।

नेपाल प्रहरीको सिआईबीले स्मार्टसेल लिलामी काण्डमा सरकारी सम्पत्तिमा क्षति पुर्याएको भन्दै दुई जना संलग्न व्यक्तिहरु पक्राउ परेसँगै सिईओ पाण्डेलाई सञ्चालक समितिमा राजिनामा गर्न दवाव सिर्जना भएको हो ।

बैंकका सञ्चालक सालिक बेलबासेले बैंकका सिईओमाथि छानविन हुने भएपछि राजिनामा दिन आग्रह गरिएको तर कुनै प्रतिक्रिया नआएको स्वीकार गरेका छन् ।
यसअघि असावधानीबस सिईओ पाण्डेको राजिनामा भन्ने शब्द पर्न गएकोमा क्षमायाचनासहित सच्च्याइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*