रिलायन्स स्पिनिङ्गमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार

२८ बैशाख २०८३, सोमबार १५:१८

काठमाडौं । सोमबार नेप्से ३८ अंकले बढेर बन्द हुँदा ४ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। जसमध्ये रिलायन्स स्पिनिङ्ग मिल्सको मात्रै २१ करोड ११ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ।

दोस्रोमा नेशनल हाइड्रोको १७ करोड ६० लाख रुपैयाँ, तेस्रोमा एसवाई प्यानलको १६ करोड १० लाख रुपैयाँ, चोथोमा रिडी पावरको १५ करोड ८८ लाख रुपैयाँ र पाँचौंमा साहस ऊर्जाको १५ करोड २७ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ।

त्यसैगरी यस दिन अपी पावरको १४ करोड ४३ लाख रुपैयाँ, सोलु हाइड्रोपावरको १३ करोड ९७ लाख रुपैयाँ, शिवम् सिमेन्टको १३ करोड ४३ लाख रुपैयाँ, ङादी पावरको १२ करोड ३६ लाख रुपैयाँ र आँखुखोला जलविद्युतको ९ करोड ८२ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*