विपत्तिपछि क्षतिपूर्ति र राहतको लागि बीमा लगायत जोखिम हस्तान्तरणको उपकरण प्रयोग गरिने
२८ बैशाख २०८३, सोमबार १७:११

काठमाडौं । सरकारले विपत्ति पछि क्षतिपूर्ति र राहतको लागि बीमा लगायत जोखिम हस्तान्तरणको उपकरणको प्रयोग गर्ने भएको छ।
सरकारले नीति तथा कार्यक्रम मार्फत विपत्ति पश्चात् बीमालाई प्राथमिकतामा राखेको हो।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।












