नेको इन्स्योरेन्सले कमायो १६ करोड नाफा, अन्य सूचकको अवस्था कस्तो?

२९ बैशाख २०८३, मंगलवार ११:२५

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीको नाफा र आम्दानीमा गिरावट देखिएको छ।

कम्पनीको खुद नाफा गत आवको चैत मसान्तसम्म ३६ करोड ९३ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिसम्म आइपुग्दा ५५.६१ प्रतिशतले घटेर १६ करोड ३९ लाख रुपैयाँमा झरेको छ।

यता खुद बीमाशुल्क आम्दानी पनि १ अर्ब २२ करोड ७९ लाख रुपैयाँबाट सामान्य घटेर १ अर्ब २२ करोड ७० लाख रुपैयाँमा झरेको हो। यद्यपि कम्पनीको निर्जीवन बीमाकोष भने ३ अर्ब ५३ करोड ९१ लाख रुपैयाँबाट ४५ प्रतिशतले बढेर ५ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कायम भएको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३ प्रतिशतले घट्दा कुल खर्च २० प्रतिशतले बढ्न पुगेको छ। प्रतिशेयर आम्दानी पनि २४.४७ रुपैयाँबाट १७.७४ रुपैयाँमा झर्दा प्रतिशेयर नेटवर्थ २२३.११ रुपैयाँ कायम रहेको छ।

चुक्ता पूँजी २ अर्ब ७७ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २ अर्ब ३४ करोड रुपैयाँ र जगेडा कोषमा ३७ करोड रुपैयाँ सञ्चिति रहेको वित्तीय विवरणले देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*