संसदमा आफ्नै सांसदहरुबाट प्रधानमन्त्री बालेनमाथि प्रश्नको बर्षा

२९ बैशाख २०८३, मंगलवार १४:२८

काठमाडौं । संसद, जनमत भन्दा पनि सीमित व्यक्ति र समुहको डिजाइनमा चल्न थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह दिनप्रतिदिन अप्ठेरोमा पर्न थालेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरुले सरकार र प्रधानमन्त्री बालेन्द्र शाहको कदममाथि गम्भिर प्रश्न गरेका छन् ।

रास्वपाका सांसद रमेश प्रसाईले सरकारले जेनजी आन्दोलनमा जनदमनका अभियुक्तहरु केपी ओली र रमेश लेखकमाथि छानविन गरी मुद्दा दर्ता गर्न नसकेको गम्भिर ओरोप लगाए ।

त्यस्तै, पर्सा क्षेत्र नं १ बाट बिजयी भएका रास्वपाका सांसद बुद्धि प्रसाद पन्त हरिले सरकारले राणाकालिन समयमा बनेका १४० बर्ष पुराना सयौं घरहरु भत्काएर जनतालाई सुकुम्बासी बनाएको आरोप लगाए ।

रास्वपाकै सांसद रिमा विश्वकर्माले पनि सरकारको काम कारवाहीमाथि प्रश्न चिन्ह उठाईन् । उनले सिन्धुली जिल्लामा प्रहरी हिराशतमा एक जना दलित युवाका मृत्युको बारेमा सरकारले छानविन गर्न नसकेको भन्दै गृहमन्त्री तथा प्रधानमन्त्री बालेन्द्र शाहको कार्यक्षमतामाथि प्रश्न चिन्ह उठाएकी छिन् ।

एकै दिन संसदमा थुप्रै सांसदहरुले गम्भिर प्रश्न उठाएका छन् । रास्वपाको सरकार गठन भएपछि संसदमा यति धेरै आलोचना भएको सम्भवतः आज पहिलो पटक हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*