सानिमा रिलायन्स लाइफको कुल बीमाशुल्क आर्जन १४ प्रतिशतले बढ्यो, इपीएस कति ?

काठमाडौं । सानिमा रिलायन्स लाइफले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
यस अवधिसम्ममा कम्पनीको कुल बीमाशुल्क आर्जन १४ प्रतिशतले वृद्धि भएर ५ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
गत बर्षको सोहि अवधिमा कम्पनीले ४ अर्ब ७९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन १४प्रतिशतले वृद्धि भएर ५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । गत बर्षमा कम्पनीले ४ अर्ब ६५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
तेस्रो त्रैमाससम्ममा कम्पनीको मुनाफामा सामान्य मात्रै वृद्धि देखिएको छ । यस अवधिसम्ममा कम्पनीको मुनाफा ०.९५ प्रतिशतले वृद्धि भएर ३४ करोड ८ लाख रुपैयाँपुगेको छ ।
गत बर्षको सोहि अवधिमा कम्पनीले ३३ करोड ७६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।
हाल कम्पनीको जीवन बीमा कोषमा २३ अर्ब २९ करोड रुपैयाँ, महाविपत्ति कोषमा १८ करोड १७ लाख रुपैयाँ रहेको छ ।
हाल कम्पनीको शेयरपुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको (ईपीएस)र ९.०६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १११.६५ रुपैयाँ रहेको छ।












