हिमालयन एभरेष्ट इन्स्योरेन्स खुद बीमाशुल्क आर्जन १५% ले बढ्यो, अन्य सूचक कस्तो ?

३० बैशाख २०८३, बुधबार ०८:११

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ।

कम्पनीको खुद बीमाशुल्क आर्जन गत बर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको छ। गत बर्षगत बर्ष १ अर्ब २४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमाससम्ममा आइपुग्दा १ अर्ब ४३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी भने गत बर्षको तुलनामा २८ प्रतिशतले वृद्धि भएर १ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो। गत बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ कुल बीमा दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको मुनाफा गत बर्षको तुलनामा ६६ प्रतिशतले घटेर ११ करोड ५ लाख रुपैयाँमा सिमित भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३३ करोड २३ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको हालको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने महापिपत्ति कोषमा ८ करोड ७७ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी(इपीएस) ५ रुपैयाँ ९० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५।२८ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*