मन्त्रिपरिषदको बैठकले गर्यो चार निर्णय

३० बैशाख २०८३, बुधबार ११:४५

काठमाडौं । आज बुधबार बसेको मन्त्रिपरिषदको बैठकले चारवटा निर्णयहरू गरेको छ। सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषदले गरेका निर्णयहरू सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषदको बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाका सदस्यहरू सुशील खड्का र योगेश गौचनलाई मनोनयन गर्ने र भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*