बीमा क्षेत्रको विकास, विस्तार र उन्नयनमा बीमापोष्टको भूमिका उच्चः नेपाल बीमक संघ

काठमाडौं । नेपाल बीमक संघले बीमापोष्टको छैठौं वार्षिकोत्सवको अवसरमा शुभकामना दिंदै बीमा क्षेत्रको विकास, विस्तार र उन्नयनमा बीमापोष्टले खेलेको भूमिका उच्च भएको बताएको छ। सघंका अध्यक्ष विरेन्द्र वैदबार क्षेत्रीले शुभकामना मन्तव्य दिंदै प्रजातान्त्रिक समाजमा सुसुचित हुन पाउने नागरिकको नैसर्गिक अधिकारलाई मूर्तता दिन बीमापोष्टले अनुलनीय योगदान पुर्याउँदै आएको बताउनु भएको हो।
नेपाल बीमक संघले दिएको शुभकामना सन्देश
शुभकामना
राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा. लि. द्वारा सञ्चालित बीमापोष्ट डटकम अनलाईन सञ्चार माध्यम आफ्नो स्थापनाको छैठौं वर्षमा प्रवेश गरेको पुनित उपलक्ष्यमा सम्पादक, संचालक समितिका सदस्य, कर्मचारी वर्ग तथा यस सञ्चार माध्यम मार्फत सूचना तथा समाचार प्राप्त गर्नुहुने सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दै समग्र बीमा क्षेत्रको विकास, विस्तार र उन्नयनमा खेलेको भूमिकाको उच्च कदर गर्दछौं ।
बीमा क्षेत्रमा कलम चलाउदै आईरहेको बीमापोष्ट डटकमको योगदान निकै सरहानीय रहेको छ । प्रजातान्त्रिक समाजमा सुसुचित हुन पाउने नागरिकको नैसर्गिक अधिकारलाई मूर्तता दिन यस मिडियाले अतुलनिय योगदान पुर्याउदै आईरहेको जगजाहेर छ । बीमा क्षेत्रमा अनलाईन सञ्चार माध्यमको भूमिकामा समेत रहेर समाचार सम्प्रेषण गर्दै आईरहेको बीमापोष्टलाई आगामि दिनहरुमा थप उर्जाका साथ सत्य तथ्य समाचार सम्प्रेषण गर्ने हौसला मिल्नेछ भन्ने विश्वास लिएको छु ।
बीमा कम्पनीहरूले अनलाईन सञ्चार माध्यमको उपयोगद्धारा समय, अर्थ र श्रमको बचत गर्न सक्दछन् भन्ने विश्वासका साथ यस अनलाईन सञ्चार माध्यमले समग्र बीमा क्षेत्रको विकास र विस्तारमा खेल्दै आएको भूमिका प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
आगामी दिनमा समेत यस्ता सञ्चार माध्यमहरूले ग्राहक तथा बीमा कम्पनीहरू दुवैको हित प्रवर्धनमा थप टेवा पुर्याउनुका साथै वीमा क्षेत्रमा घट्न सक्ने विकृति, बिसंगती तथा बेथितिहरूको बिरुद्धमा खबरदारी गर्न सशक्त र सक्रिय भूमिका खेल्ने विश्वास लिएको छु।
अन्त्यमा, बीमापोष्टले मनाउन लागेको छैठौं बार्षिकोत्सवको पावन अवसरमा मेरो व्यक्तिगत तथा नेपाल बीमक संघको तर्फबाट हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
वीरेन्द्र वैदबार क्षेत्री
अध्यक्ष












