जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक: कुनले बढायो, घटायो ?

३१ बैशाख २०८३, बिहीबार १०:४४

काठमाडौं । वाणिज्य बैंकहरूले आगामी जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

अघिल्लो महिनाको तुलनामा जेठ महिनामा निक्षेपको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ।औसत ब्याजदरमा कमीः व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम औसत ब्याजदर वैशाखको ४.४ प्रतिशतविन्दुबाट घटेर जेठमा ४.३४३ प्रतिशत कायम भएको छ।

संस्थागत ब्याजदरः संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत दर पनि ३.२२९५ प्रतिशतबाट झरेर ३.२०४ प्रतिशत पुगेको छ।

एनआईसी एशिया बैंक, हिमालयन बैंक र नेपाल बैंकले व्यक्तिगततर्फको ब्याजदरमा ०.२५ प्रतिशत कटौती गरेका छन्। त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले पनि ब्याजदर घटाएका छन्।

सिद्धार्थ बैंकले भने व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतबाट बढाएर ४.०५ प्रतिशत  पुगेको छ। सिटिजन्स बैंक इन्टरनेशनलले संस्थागत मुद्दति निक्षेपको अधिकतम दरमा ०.५ प्रतिशत को वृद्धि गरेको छ।

१२ बैंकहरूले वैशाखकै ब्याजदरलाई जेठमा पनि निरन्तरता दिएका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*