एक महीनाभित्र सम्पत्ति विवरण बुझाउन सार्वजनिक पदाधिकारीलाई आयोगको सूचना

३१ बैशाख २०८३, बिहीबार ११:३५

काठमाडौं । सम्पत्ति छानबिन आयोगले २०६२/०६३ सालयता सार्वजनिक पदमा बसेका व्यक्तिहरूलाई आफ्नो सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ।

आयोगले वडाध्यक्षदेखि राष्ट्रपतिसम्मलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो। एक महीनाभित्र सम्पत्ति विवरण नबुझाएमा कारवाही गरिने चेतावनी समेत आयोगले दिएको छ।

जेनजी आन्दोलनपछि पूर्व उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न चर्काे माग उठेको थियो। सोही अनुरूप सरकारले पूर्वध्यायाधीश राजेन्द्र भण्डारीको अध्यक्षतामा आयोठ गठन गरेको छ। एक वर्षभित्र सम्पत्ति छानबिन गर्ने जिम्मेवारी उक्त आयोगल पाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*