हिमालयन रि इन्स्योरेन्सको शेयर घट्ने डरले बेच्ने लगानीकर्ताको आइरो, अन्य कुनको कारोबार कति ?
३१ बैशाख २०८३, बिहीबार १५:१५

काठमाडौं । साताको चार दिनमा शेयर बजार आज बढ्न सकेन । निति तथा कार्यक्रममा लगानीकर्ताहरुको मनोबल बढाउने कुनै बाटो नदेखिसकेपछि शेयर बजार निरन्तर घटिरहेको छ।
हिमालयन रि इन्स्योरेन्सलाई शेयर कारोबारमा दुई महिनाको लागि बन्देज लगाएपछि लगानीकर्ताहरु आत्तिएर कम्पनीको शेयर बेच्न बढी लागेको देखिएको छ।
त्यस्तै, आज साहस उर्जा, एसवाई प्यानल, युनियन हाईड्रोपावर, माउन्टेन इनर्जी, झापा इनर्जी, होटल फरेष्ट इन, रिलायन्स स्पिङ्ग मिल्स, आँखु खोला र सिईडिबि होल्डिङ्गको सर्वाधिक कारोबार भएको छ।













