बजार घटेपनि यी कम्पनीका लगानीकर्ता भए मालामाल !

३१ बैशाख २०८३, बिहीबार १५:१५

काठमाडौं । आज नेप्से परिसूचक घटेको भए पनि केही कम्पनीहरूको शेयरमूल्यमा भने हरियाली देएिको छ। जसमध्ये युनियन हाइड्रोपावरको सबैभन्दा बढी ९.७९ प्रतिशतले शेयरमूल्य बढेको छ।

क्रेष्ट माइक्रो लाइफको ९.२२ प्रतिशत, एनआईबिएल स्टेबल फण्डको ३.६३ प्रतिशत, एनएमबि हाइब्रीड फण्ड एल–आईआईको २.८४ प्रतिशत, हिमालयन ८०–२० को २.७६ प्रतिशत र सामुदायिक लघुवित्तको २.५० प्रतिशतले शेयरभाउ बढेको छ।

यता सुपर माई हाइड्रोपावरको २.४८ प्रतिशत, सनराइज फोकस्ड इक्विटी फण्डको २.३२ प्रतिशत, सानिमा मिडल तमोर हाइड्रोपावरको २.२२ प्रतिशत र बुटवल पावर कम्पनीको २.१७ प्रतिशतले शेयरमूल्यमा वृद्धि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*