नेपालले रोक्यो सगरमाथामा अमेरिकी ड्रोन उडाउने प्लान, कसरी पुग्यो जासुसी ड्रोन ?

काठमाडौं । नेपालको सगरमाथा बेसक्याम्पमा खतरनाक ड्रोन उडाउने अमेरिकी योजनालाई बालेन सरकारले रोकिदिएको छ । गृहमन्त्रालय सम्हालेका प्रधानमन्त्री बालेन शाहले १४ दिन अघि अमेरिकाले सगरमाथा बेसक्याम्पमा उडाउन खोजेको अल्टा एक्स जेन २ ड्रोन उडाउने योजना नेपालको कारण रोकिएको छ । गृहमन्त्रालयले सुरक्षा संवेदशिलताको कारण देखाएर अमेरिकी ड्रोन उडाउने योजना रोकिदिएको हो ।
हाल चिनियाँ ड्रोनले तलको बेसक्याम्प ५३६४ मिटरको उचाईबाट ६१३० मिटर उचाईमा रहेको क्याम्प १ सम्मको सामान ढुवानी गर्दै आइरहेको छ । सो कार्यका लागि अमेरिकी ड्रोनको परिक्षण गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बिशेषदूत बनेर सर्जियो गोर काठमाडौं आएका थिए । उनले प्रधानमन्त्री बालेन शाहलाई भेट्न खोज्दा पनि भेट नदिएपछि त्यतिकै फर्केका थिए । खासमा ड्रोनको परिक्षण गर्न नेपाल आएका अमेरिकी दूत नेपालले अनुमति नदिएपछि त्यतिकै रित्तोहात फर्केको कतारमा मुख्यालय रहेको अलजजिराले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

गृहमन्त्रालय स्रोतले पनि अमेरिकी शक्तिशाली ड्रोन उडाउन अनुमति माग्दै आवेदन परेको स्वीकार गरेको छ । गृहमन्त्रालयका एक अधिकारीले गत मे १ अर्थात बैशाख १८ गते सगरमाथा बेसक्याम्पमा उक्त ड्रोन उडान चाहेको थियो । यद्यपि उक्त जासुसी ड्रोन कसरी त्यहाँ पुगेको भन्ने तथ्य खुल्न बाँकी छ ।
अलजजिराले अमेरिका र चीनबीचको प्रविधिको युद्धमा नेपाल मुछिएको भन्दै समाचार नै बनाएको छ । अल्टा एक्स जोन २ नामक ड्रोनमार्फत अमेरिकाले चीनतर्फ जासुसी गर्न लागेको सूचना बेईजिङ पुगेको बताइन्छ ।
उता, प्राप्त एक भिडियोमा अमेरिकी उक्त विवादित अल्ट्रा एक्स जोन २ ड्रोन उडाउने प्रयोजनको लागि अनावरण सम्म गरिएको देखिएको छ । सो भिडियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चढ्ने जहाजको नाम भएको ट्रम्प फोर्स वान लेखिएको ज्याकेट लगाएका विदेशी समेत देखिएका छन् ।












