नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओ पाण्डेको श्रीमतीले गरिन् मुद्दा दायर

३१ बैशाख २०८३, बिहीबार १६:४२

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) ले पक्रेर ठगी तथा आपराधिक विश्वासघातको कसुर लगाएपछि श्रीमती निरु दाहालले बन्दीप्रत्यक्षीकरणको मुद्दा दायर गरेकी छन् । उक्त मुद्दा सर्वोच्च अदालतका न्यायाधीश अब्दुलअजिज मुसलमानको इजलास नम्बर ८ मा परेको छ ।

अनुमतिपत्र नवीकरण नगरेका कारण २०८० वैशाख ३ गतेदेखि स्वतः रद्द भएको ‘स्मार्ट टेलिकम प्रालि’ को सम्पत्ति व्यवस्थापन र पाण्डेको बैंकले उठाएको कर्जा र ब्याज रकमको विषयमा आपराधिक र विश्वासघातको कसुर जोडेर सिइओलाई पक्राउ गरिएपछि बैंकिङ्ग क्षेत्र तरङ्गित बनेको छ ।

स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, पूर्वाधार र सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा रहेको तर लोन रिकभरी कमिटी (एलआरसी) को अध्यक्ष रहेका पाण्डेले नेपाल सरकारको हक टुटाउने उद्देश्यले लिलामी प्रक्रियामा बदनियतपूर्ण कार्य गरेको प्रहरीको आरोप छ ।

‘बैंक खातामा शीर्षक खुलाएर राखेको रकम कसरी अवैध भयो रु त्यस्तो शीर्षकको रकम अधिकांश बैंक तथा वित्तीय संस्थामा हुन्छ । प्रक्रिया पुर्याएर पछि फिर्ता वा वितरण गरिन्छ ।’

यता नेपाल राष्ट्र बैंक,बैंकर्स संघ, बैंकरहरुले कर्जा असुलीमा इन्भेष्टमेन्ट बैंकले गरेको प्रयासलाई अन्यथा भन्न नमिल्ने र यो केन्द्रीय बैंकको निर्देशनबमोजिमकै कार्य भएको दाबी गरेका छन् ।

प्रहरीले कर्जा असुलीपछि अर्नेष्ट मनी अक्सन एकाउण्टमा रहेको ३८ करोड रुपैयाँको वास्तविकतालाई गलत व्याख्या गरेको बैंकर्सहरुको आरोप छ । अधिकांश बैंकमा कर्जा असुलीको क्रममा लिलाम भएको रकममध्ये बढी भएको अवस्थामा उक्त रकम त्यस्तो खातामा राखेर पछि प्रचलित नियम, कानुनअनुसार प्रदान गरिन्छ ।

इन्भेष्टमेन्ट बैंकले हिजो जारी गरेको विज्ञप्तिमा पनि उक्त विषय उल्लेख छ । राष्ट्र बैंकका अधिकारीहरुले अर्नेष्ट मनी अक्सन एकाउण्टमा रहेको ३८ करोड रुपैयाँलाई पाण्डेसँग जोडेर बदनियत गरेको भन्न नमिल्ने बताएका छन् । भन्छन्, ‘बैंक खातामा शीर्षक खुलाएर राखेको रकम कसरी अवैध भयो रु त्यस्तो शीर्षकको रकम अधिकांश बैंक तथा वित्तीय संस्थामा हुन्छ । प्रक्रिया पुर्याएर पछि फिर्ता वा वितरण गरिन्छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*