माउण्ट एभरेष्टको आईपीओ बाँडफाँड, १७ हजार २०० जनाले पाए शेयर

३१ बैशाख २०८३, बिहीबार १७:३३

काठमाडौं । माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि वैशाख २३ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ।

बिक्री अवधिभर ९१ हजार ८६६ जनाको आवेदन परेकोमा ९१ हजार ८३० जनाको आवेदन मात्रै स्वीकृत भएको छ। मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोलाप्रथा विधिद्वारा आईपीओ बाँडफाँड गरिएको हो।

बाँडफाँडमा भाग्यशाली १७ हजार २०० जनाले १०–१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ। बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*