नेपालमा पहिलो जापानी पूर्ण विद्युतीय एसयूभीको ऐतिहासिक प्रवेश: सुजुकीको ई भिटारा देशभर हस्तान्तरण सुरु

काठमाडौँ । सीजी मोटोकर्पले सुजुकी ई भिटाराको देशव्यापी हस्तान्तरण सुरु गरेको छ । यो गाडी कम्पनीको नेपाली बजारमा भित्र्याइएको पहिलो पूर्ण निर्मित विद्युतीय गाडी हो र यस मूल्य खण्डमा कुनै जापानी कम्पनीबाट आउने पहिलो विद्युतीय एसयूभी पनि । सुजुकीको अधिकृत डिलर सञ्जालमार्फत देशभरि ग्राहक हस्तान्तरण कार्य अहिले निरन्तर रूपमा भइरहेको छ ।
नेपाल दक्षिण एसियाकै सबैभन्दा छिटो गतिमा अघि बढिरहेको विद्युतीय गाडीको बजारका रूपमा स्थापित हुँदै गरेको यो समयमा, नेपालमा सबैभन्दा लामो समयदेखि कार्यरत जापानी प्यासेन्जर गाडी ब्रान्ड सुजुकीले विद्युतीय खण्डमा औपचारिक प्रवेश गरेको छ । ई भिटारा नेपाली सडकको दैनिक यथार्थ र नेपाली ग्राहकको दीर्घकालीन अपेक्षालाई केन्द्रमा राखेर डिजाइन गरिएको उत्पादन हो ।
| परिचयात्मक मूल्य
सुजुकी ई भिटारा सुरुवाती मूल्य रु. ४९,९९,००० पहिलो १०० बुकिङका लागि मात्र, सीमित समयका लागि लागू । |
नेपालमा सुजुकीको नयाँ अध्याय
‘ई भिटारा यस मूल्य खण्डमा कुनै जापानी कम्पनीबाट आउने पहिलो विद्युतीय एसयूभी हो, र यसले सुजुकीप्रति ग्राहकहरूको लामो समयको विश्वासलाई पनि साथमा बोकेर आएको छ — प्रमाणित इन्जिनियरिङ, ग्राहकसम्म साँच्चै पुग्ने सेवा सञ्जाल, र आवश्यक पर्दा पाइने स्पेयर पार्ट्स’ सीजी मोटोकर्पका प्रवक्ताले भने ‘विद्युतीय गाडीमा रूपान्तरणको यात्रालाई ग्राहकका लागि सहज र निश्चिन्त बनाउनु नै हाम्रो दायित्व हो र यो उत्पादन ठ्याक्कै त्यसैका लागि तयार पारिएको हो ।’
सीजी मोटोकर्पले सन् २०३० सम्ममा सुजुकीका थप ६ वटा विद्युतीय गाडी नेपाली बजारमा ल्याउने योजना सार्वजनिक गरेको छ । यसबाट प्रस्ट हुन्छ — ई भिटारा एक्ल्लै बजारमा भित्र्याइएको उत्पादन नभई कम्पनीको दीर्घकालीन विद्युतीय गाडी रोडम्यापको पहिलो खुड्किलो हो ।
नेपालकै सबैभन्दा स्थापित जापानी सेवा सञ्जालको आडमा
नेपाली विद्युतीय गाडी बजारमा नयाँ प्रवेश गरेका ब्रान्डहरूको तुलनामा, ई भिटारा पहिलो दिनदेखि नै देशभर रहेका २५ अधिकृत सुजुकी सेल्स आउटलेट र ४० आफ्टर-सेल्स सर्भिस सेन्टरको पूर्ण समर्थनमा सञ्चालित छ । यसका साथसाथै, विशेष रूपमा तयार पारिएको ईभी सेवा प्रणाली, तालिमप्राप्त प्राविधिक जनशक्ति, र भरपर्दो स्पेयर पार्ट्स आपूर्ति शृङ्खला यसका मुख्य आधार हुन् । ग्राहकका लागि यसको अर्थ एउटै हो — आफ्नो गाडी जहाँसुकै, जतिखेर पनि र लामो समयसम्म भरपर्दो रूपमा सेवा पाउने सुनिश्चितता ।
क्षमता र दूरी
ई भिटारा दुई ब्याट्री विकल्पमा उपलब्ध छ — ४९ kWh र ६१ kWh — जसले क्रमशः १०८ kW र १२८ kW शक्ति प्रदान गर्छ । ६१ kWh भेरियन्टले एकपटकको चार्जमा ५०० किलोमिटरभन्दा बढीको ड्राइभिङ रेन्ज दिन्छ, जुन यस खण्डका विद्युतीय एसयूभीहरूमध्ये सबैभन्दा सक्षम मानिन्छ ।
यो गाडी सुजुकीको बिल्कुल नयाँ हार्टेक्ट-ई विद्युतीय प्लेटफर्ममा निर्माण गरिएको छ । यसमा मोटर, इन्भर्टर र ट्रान्समिसनलाई एकीकृत गर्ने 3-in-1 इलेक्ट्रिक पावरट्रेन प्रयोग गरिएको छ, जससँगै आधुनिक सेल टु प्याक संरचनामा बनेको लिथियम-आयन ब्याट्री समावेश छ । थर्मल म्यानेजमेन्ट प्रणाली “सान्ड टु स्नो” अवस्थामा परीक्षण गरिएको हुनाले यो गाडी –30°C देखि 60°C सम्मको तापक्रममा भरपर्दो रूपले चल्न सक्ने क्षमता राख्छ — तराईदेखि उच्च हिमाली भू-भागसम्म फैलिएको नेपालका लागि यो विशेष अर्थपूर्ण विशेषता हो ।
तीन वटा ड्राइभिङ मोड — इको, नर्मल र स्पोर्ट-सँगै थप विविधताका लागि स्नो टेरेन मोड पनि उपलब्ध छ । रिजेनेरेटिभ ब्रेकिङ प्रणालीले एक-पेडल ड्राइभिङ अनुभव सम्भव बनाउँछ, भने अनुकूल ग्रिल सटर स्वतः समायोजित भएर दक्षता बढाउँछ ।
डिजाइन र केबिन
ई भिटारा को बाह्य रूप साहसी पोलिहेड्रल एसयूभी ढाँचामा निर्मित छ, जसमा १८ इन्चका एयरोडाइनामिक एलोय व्हील, रुफ-एन्ड स्पोइलर, र सुजुकीको नयाँ पुस्ताको नेक्स्ट्रे ३-पोइन्ट म्याट्रिक्स एलईडी डीआरएलसँगै एलईडी प्रोजेक्टर हेडल्याम्प समावेश छन् ।
भित्री भागमा ट्विन-डेक फ्लोटिङ कन्सोलयुक्त डिजिटल ककपिट, १०.१ इन्चको इन्टिग्रेटेड डिजिटल डिस्प्ले र १०.२५ इन्चको मल्टी-इन्फर्मेसन डिस्प्ले उपलब्ध छ । फिक्स्ड-ग्लास सनरुफ, सफ्ट-टच ड्युअल-टोन म्याटेरियल, मल्टी-कलर एम्बियन्ट लाइटिङ र इन्फिनिटी बाइ हार्मन साउन्ड सिस्टमले उच्च खण्डको आन्तरिक अनुभव प्रदान गर्छन् ।
२,७०० मिमीको ह्वीलबेसले खण्डकै अग्रणी आन्तरिक खुला ठाउँ दिन्छ भने ५.२ मिटरको टर्निङ रेडियसले सहरी बाटोमा सहज सञ्चालन सम्भव बनाउँछ । १०-वे पावर-एडजस्टेबल भेन्टिलेटेड ड्राइभर सिट र ४०:२०:४० स्प्लिट कन्फिगरेसनयुक्त, रिक्लाइन र स्लाइड हुन सक्ने पछिल्ला सिटहरू यस खण्डका सर्वोत्कृष्ट सुविधा हुन् ।
सुरक्षा-एक मानक
हार्टेक्ट-ई प्लेटफर्म ५० प्रतिशतभन्दा बढी हाई-टेन्साइल स्टिलबाट निर्मित छ र यसमा ब्याट्रीको सुरक्षाका लागि विशेष ऊर्जा-शोषक माउन्टिङ संरचना समावेश गरिएको छ । ई भिटारामा लेभल टु एडीएएस, ७ वटा स्ट्यान्डर्ड एयरब्याग (ड्राइभर साइड नी एयरब्यागसहित), अल-डिस्क ब्रेक, इलेक्ट्रोनिक पार्किङ ब्रेक, टायर प्रेसर मनिटरिङ प्रणाली र ई कल सुविधा उपलब्ध छन् ।
सीजी मोटोकर्प नेपालको पहिलो अर्ब डलर बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुपको सीजी होल्डिङ्स अन्तर्गत रहेको स्वचालित क्षेत्रको अङ्ग हो । सीजी मोटोकर्पले नेपालमा सुजुकी प्यासेन्जर गाडीको आधिकारिक प्रतिनिधित्व गर्नुका साथै आफ्ना अन्य स्वचालित कारोबार पनि सञ्चालन गर्दै आएको छ र देशकै सबैभन्दा लामो इतिहास बोकेको डिलरसिप तथा सर्भिस सञ्जालमा आधारित छ ।












