पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्तिको विषयमा प्रश्नहरू उठेपछि त्यसको छानबिन गर्न समिति गठन गरेको छ।
गृहमन्त्री छँदा गुरुङको सम्पत्तिको बारेमा प्रश्न उठेपछि उनले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका थिए। केही दिन अघि मात्रै उनले आफ्नो बारेमा छानबिन गर्न समिति गठन हुनुपर्ने माग समेत गरेका थिए।
मन्त्रिपरिषदको वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो। उक्त समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्त अच्युतमणि न्यौपाने सदस्य रहेका छन्।
छानबिन समितिलाई सुधन गुरुङका बारेमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूको बारेमा सत्यतथ्य छानबिन गरी राय तथा सुझावसहित १५ दिनभित्र सरकारलाई प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ।












