यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलरको बिक्री दर १५३ रुपैयाँ ५३ पैसा कायम भएको छ भने खरिद दर १५२ रुपैयाँ ९३ पैसा रहेको छ।
युरोपियन यूरो एकको खरिद दर १७९ रुपैयाँ र बिक्री दर १७९ रुपैयाँ ७१ पैसा, बेलायती पाउन्ड स्टर्लिङको खरिद दर २०६ रुपैयाँ ६० पैसा तथा बिक्री दर २०७ रुपैयाँ ४१ पैसा पुगेको छ। विदेशी मुद्रामध्ये सबैभन्दा महँगो कुवेती दिनारको खरिद दर ४९९ रुपैयाँ २० पैसा र बिक्री दर ५०१ रुपैयाँ १६ पैसा कायम भएको छ।
यस्तै बहराइन दिनारको बिक्री दर ४०७ रुपैयाँ ८ पैसा र ओमानी रियालको बिक्री दर ३९८ रुपैयाँ ७७ पैसा रहेको छ। अष्ट्रेलियन डलरको बिक्री दर १११ रुपैयाँ १६ पैसा, क्यानेडियन डलरको १११ रुपैयाँ ९० पैसा तथा सिंगापुर डलरको १२० रुपैयाँ ५७ पैसा कायम भएको छ। त्यस्तै चिनियाँ युआनको बिक्री दर २२ रुपैयाँ ६३ पैसा र साउदी रियालको ४० रुपैयाँ ९२ पैसा तोकिएको छ।
एशियाली मुद्रामध्ये जापानी येन १० एकाइको बिक्री दर ९ रुपैयाँ ७२ पैसा रहेको छ भने दक्षिण कोरियाली वन १०० एकाइको बिक्री दर १० रुपैयाँ २९ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर वाणिज्य बैंकहरूमा केही फरक हुन सक्ने पनि उल्लेख गरेको छ।













