विजय लघुवित्तका सीईओ लम्सालले दिए राजीनामा, कामु सीईओको जिम्मेवारी घिमिरेलाई

१ जेष्ठ २०८३, शुक्रबार ०९:४२

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वसन्त राज लम्सालले राजीनामा दिएका छन् भने कामु सीईओको जिम्मेवारी सरोज घिमिरेलाई तोकिएको छ।

सीईओ लम्सालले वैशाख २८ गते बुझाएको राजीनामा कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिले जेठ ८ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो।

साथै सोही बैठकले अर्काे व्यवस्था नभएसम्मका लागि संस्थाको दैनिक क्रियाकलाप सञ्चालन गर्न कम्पनीको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत घिमिरेलाई कामु सीईओको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*