विजय लघुवित्तले लाभांश वितरण नगर्ने

१ जेष्ठ २०८३, शुक्रबार ०९:५०

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

कम्पनीको वैशाख ३१ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै बैठकले सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिने र स्वीकृति पश्चात आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेश गर्ने निर्णय पनि गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*