बीमितको साथमा सिद्धार्थ प्रिमियर, १३ हजारभन्दा बढी दाबी फछ्र्यौट गर्दै ४ अर्ब ५० करोड भुक्तानी

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स दाबी भुक्तानीमा सक्रिय रुपमा अघि बढेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनासम्ममा ४ अर्ब ५० करोडभन्दा बढी दावी भुक्तानी गरेको हो ।
सो मध्य भदौ महिनाको अन्तिम साता जेनजी आन्दोलनको क्रममा देशका विभिन्न भागमा भएका हुलदँगा तोडफोड तथा आगजनीका कारण राष्ट्रको पूर्वाधार, उद्योग, व्यापार र व्यक्तिगत सम्पत्तीमा भएको क्षतीपूर्ती वापत २ अर्ब ४२ करोड भुक्तानी गरेको छ ।
कम्पनीले यस अवधिमा जेनजी वाहेकको भइपरी आएका अन्य दावीहरु वापत पनि २ अर्ब ८ करोड भन्दा बढी भुक्तानी गरेको छ ।
यस आर्थिक वर्षको १० महिनामा कम्पनीमा १४ हजार ७५६ वटा दावी दर्ता भएको तथा १३ हजार ५०८ वटा दावी फछ्र्यौट गरेको छ ।
गत वर्षको बाढी पहिरोबाट सृजित दावीमा पनि सिद्धार्थ प्रिमियरले सबै भन्दा बढी दावी भुक्तानी गरेको थियो ।
राष्ट्र अनी राष्ट्रभरी रहेका उद्योग व्यापार र निजी सम्पत्तीमा भएको क्षति अन्तर्गत आफुसँग बीमित रहेका सम्पत्तीको क्षतीपुर्ती शिघ्र फछ्र्यौट गरी बीमितहरुको संरक्षण गर्न कम्पनी प्रतिवद्ध रहेको तथा सोका लागि भुक्तानी हुन बाँकी दावीकर्ताहरु लाई शिघ्र आवश्यक कागजात पेश गरी दावी फछ्र्यौट कार्यमा सहयोग गर्न कम्पनीले अनुरोध गरेको छ ।












