लघुवित्तहरूको नाफा ४३ प्रतिशत वृद्धि, १० कम्पनीको घट्दा ४० को बढ्यो (तथ्यांक सहित)

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म अधिकांश लघुवित्त वित्तीय संस्थाहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। सूचीकृत ५० वटै लघुवित्त कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समग्र क्षेत्रको खुद नाफा गत वर्षको तुलनामा ४३.१६ प्रतिशतले बढेर ७ अर्ब २४ करोड ४८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो नाफा ५ अर्ब ६ करोड ७ लाख रुपैयाँ रहेको थियो।
सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी नाफा कमाउनेमा छिमेक लघुवित्त रहेको छ। कम्पनीले ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यसपछि डिप्रोक्स लघुवित्तले ६८ करोड १ लाख रुपैयाँ, जीवन विकास लघुवित्तले ६२ करोड ६९ लाख रुपैयाँ, नेशनल लघुवित्तले ५८ करोड ८६ लाख रुपैयाँ तथा साना किसान विकास लघुवित्तले ४८ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका छन्।
त्यस्तै स्वाबलम्बन लघुवित्तले ३२ करोड २७ लाख रुपैयाँ, ग्रामीण विकास लघुवित्तले ३० करोड १५ लाख रुपैयाँ, ग्लोबल आईएमई लघुवित्तले २१ करोड ९५ लाख रुपैयाँ, स्वरोजगार लघुवित्तले २१ करोड २ लाख रुपैयाँ र सूर्योदय वोमी लघुवित्तले १८ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
आशा लघुवित्तले १७ करोड ६२ लाख रुपैयाँ, फर्वार्ड माइक्रोफाइनान्सले १६ करोड २८ लाख रुपैयाँ, निर्धन उत्थान लघुवित्तले १५ करोड ५० लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्सले १४ करोड ८५ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तले १४ करोड २२ लाख रुपैयाँ तथा सम्पदा लघुवित्तले १३ करोड २४ लाख रुपैयाँ नाफा कमाएका छन्।
यस्तै महुली लघुवित्तले १२ करोड २८ लाख रुपैयाँ, फस्र्ट माइक्रोफाइनान्सले ११ करोड ३७ लाख रुपैयाँ, एनआईसी एशिया लघुवित्तले १० करोड ६९ लाख रुपैयाँ, अभियान लघुवित्तले ९ करोड ८५ लाख रुपैयाँ, आरम्भ चौतारी लघुवित्तले ९ करोड ३७ लाख रुपैयाँ, एनएमबी लघुवित्तले ८ करोड ७० लाख रुपैयाँ, समता घरेलु लघुवित्तले ८ करोड २३ लाख रुपैयाँ र हिमालयन लघुवित्तले ८ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन्।

इन्फिनिटी लघुवित्तले ७ करोड ५८ लाख रुपैयाँ, मिथिला लघुवित्तले ७ करोड ३६ लाख रुपैयाँ, मातृभूमि लघुवित्तले ७ करोड १२ लाख रुपैयाँ, आरएसडीसी लघुवित्तले ६ करोड ५६ लाख रुपैयाँ, नाडेप लघुवित्तले ६ करोड ५१ लाख रुपैयाँ, गणपति लघुवित्तले ६ करोड १० लाख रुपैयाँ तथा सामुदायिक लघुवित्तले ५ करोड ८८ लाख रुपैयाँ नाफा कमाएका छन्।
त्यसैगरी लक्ष्मी लघुवित्तले ५ करोड ७२ लाख रुपैयाँ, महिला लघुवित्तले ५ करोड ५० लाख रुपैयाँ, सीवाईसी नेपाल लघुवित्तले ५ करोड ३४ लाख रुपैयाँ, आत्मनिर्भर लघुवित्तले ४ करोड ८४ लाख रुपैयाँ, सपोर्ट लघुवित्तले ४ करोड ६८ लाख रुपैयाँ, उन्नति सहकार्य लघुवित्तले ४ करोड ४३ लाख रुपैयाँ, नेरुडे मिर्मिरे लघुवित्तले ४ करोड ३८ लाख रुपैयाँ, स्वाभिमान लघुवित्तले ४ करोड ३७ लाख रुपैयाँ तथा गुराँस लघुवित्तले ४ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
उपकार लघुवित्तले ३ करोड ६ लाख रुपैयाँ, धौलागिरि लघुवित्तले १ करोड ८२ लाख रुपैयाँ, श्रृजनशील लघुवित्तले १ करोड ६४ लाख रुपैयाँ, कालिका लघुवित्तले १ करोड ४७ लाख रुपैयाँ, युनिक नेपाल लघुवित्तले १ करोड ३५ लाख रुपैयाँ, मानुषी लघुवित्तले १ करोड ३२ लाख रुपैयाँ, जनउत्थान सामुदायिक लघुवित्तले १ करोड ३ लाख रुपैयाँ, स्वस्तिक लघुवित्तले ९२ लाख रुपैयाँ तथा विन नेपाल लघुवित्तले ८६ लाख रुपैयाँ नाफा कमाएका छन्। यद्यपि विजय लघुवित्त भने चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २६ लाख रुपैयाँ घाटामा देखिएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनी ७ करोड ८१ लाख रुपैयाँ नाफामा रहेको थियो।
यस अवधिमा केही लघुवित्तहरूको नाफा अत्यधिक बढेको देखिएको छ। विशेषगरी इन्फिनिटी लघुवित्त, एनआईसी एशिया लघुवित्त, महुली लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, नाडेप लघुवित्त र फर्वार्ड माइक्रोफाइनान्सको नाफा उल्लेख्य दरले बढेको देखिएको छ। अर्कोतर्फ निर्धन उत्थान, कालिका, युनिक नेपाल, महिला तथा नेरुडे मिर्मिरे लघुवित्तको नाफामा भने गिरावट आएको वित्तीय विवरणले देखाएको छ।












