प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता
१ जेष्ठ २०८३, शुक्रबार १३:३६

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको हो ।
भेटवार्तामा नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री बालेनलाई भेटेर अर्थमन्त्री वाग्ले केहीबेरअघि निस्किएका हुन् ।












