शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
१ जेष्ठ २०८३, शुक्रबार १५:१५

काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.७७ अकंले बढेर २७३१.९४ बिन्दुमा कायम भएको हो ।
कारोबार रकम भने सुस्त नै देखिन्छ । आज ३३८ कम्पनीको ७९ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको हो ।
आज नबिल डिबेन्चर २०८९ को ७.७१ प्रतिशत, मोदी इनर्जीको ५.२६ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ३.३६ प्रतिशत, केबिएल डिबेन्चर २०८६ को ३ प्रतिशतले बढेको हो ।













