एकै बर्षमा ८८ अर्ब बेरुजु, हालसम्म सात खर्ब ५५ अर्ब बक्यौताः महालेखा

१ जेष्ठ २०८३, शुक्रबार १५:४२

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले गत आवको बार्षिक आर्थिक प्रवेदन सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको प्रतिवेदनमा गत अघिल्लो आवको तुलनामा आव २०८१।०८२ मा झण्डै ३ प्रतिशत बेरुजु बढेर ८८ अर्ब नौ करोड ११ लाख बेरुजु हुन आएको देखिएको छ ।

महालेखाको प्रतिवेदन अनुसार विगतका बर्षहरुको समेत गणना गरी हालसम्मको कूल बेरुजु सात खर्ब ५५ अर्ब १७ करोड २२ लाख रुपैयाँ बेरुजु देखिएको छ । जसमा संघीय सरकारमा तीन खर्ब ७८ अर्ब, प्रदेश सरकारमा ३३ अर्ब ९६ करोड ६० लाख, स्थानीय निकायमा दुई खर्ब २० अर्ब र समिति र अन्य संगठित संस्थामा एक खर्ब २२ अर्ब रुपैयाँ अद्यावधिक बेरुजु रहेको छ ।

महालेखाको प्रतिवेदन अनुसार गत आवमा भ्रष्टाचार उल्लेख्य बृद्धि हुन पुगेको छ । कूल ९४ खर्ब ८४ अब ५० करोडको लेखापरिक्षणको क्रमममा सो रकम बेरुजु भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाका अनुसार संघीय सरकार र निकायको २९ खर्ब १७ अर्ब, प्रदेश मन्त्रालय र निकायको तीन खर्ब २० अर्ब, स्थानीय तहको ११ खर्ब नौ अर्ब ५२ करोड रुपैयाँ, समिति र अन्य संस्थाको चार खर्ब ८८ अर्ब, कानुनद्वारा तोकिएको ४४ संस्थाको ५४ आर्थिक बर्षको ४६ खर्ब ८८ अर्ब समेत गरी कूल ९४ खर्ब, ८४ अर्ब रुपैयाँको लेखा परिक्षण सम्पन्न भएको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख छ ।

कूल बेरुजु मध्ये संघीय सरकारी कार्यालयमा ५३ अर्ब रुपैयाँको बेरुजु देखिएको छ भने प्रदेश सरकारी कार्यालयमा पाँच अर्ब, स्थानीय तहमा १९ अर्ब, समितिहरुमा १० अर्बसहित कूल ८८ अर्ब गत आवमा बेरुजु देखिएको हो ।

महालेखाले कूल पाँच हजार ५२६ वटा संंस्थाको लेखा परिक्षण सम्पन्न गरेको छ । यो बर्ष सरकारी निकायमा १.८३ प्रतिशत, प्रदेशमा १.६३ प्रतिशत, स्थानीय तहमा १.७२ प्रतिशत र समिति अन्य संगठित संस्थामा २.३१ प्रतिशत बेरुजु देखिएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*