बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव, हेर्नुहोस् १५ तस्बिर

१ जेष्ठ २०८३, शुक्रबार १७:३७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज आफ्नो ५८औं वार्षिकोत्सव मनाएको छ। प्राधिकरणले आफ्नो प्राङ्गणमा औपचारिक कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो।

वि.सं. २०२६ जेठ १ गते बीमा समितिका रूपमा स्थापना भएको निकाय २०७९ कात्तिक २२ गतेदेखि रूपान्तरण भई हाल नेपाल बीमा प्राधिकरणका रूपमा बीमा क्षेत्रको नियमनकारी निकायका रूपमा कार्यरत छ। नेपाल बीमा प्राधिकरण ले बीमा क्षेत्रको नीति, नियमन र सुपरिवेक्षण गर्दै आएको छ।

कार्यक्रममा जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू, प्राधिकरणका कर्मचारीहरू, पुनर्बीमा कम्पनी, लघु बीमा कम्पनी, पुनर्बीमा ब्रोकर, बीमा ब्रोकर, बीमा अभिकर्ता तथा बीमा सर्भेयरहरूको उपस्थिति रहेको थियो।

यस अवसरमा प्राधिकरणले बीमा क्षेत्रका सबै सरोकारवालाहरूलाई शुभकामना व्यक्त गर्दै बीमा प्रणालीलाई अझ सुदृढ, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्याएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*