मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक, स्थायी निक्षेप सुविधा पुनरवलोकन

१ जेष्ठ २०८३, शुक्रबार २१:५४

काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको समीक्षाको नीतिगत व्यवस्थाअनुसार चालु आर्थिक वर्षको सुरुदेखि नै लिइएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ ।

केन्द्रीय बैंकका अनुसार विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुरूप नै रहने प्रक्षेपण गरिएको छ । सोही प्रक्षेपणको आधारमा र हालको न्यून आर्थिक वृद्धिको स्थितिलाई दृष्टिगत गर्दै लचिलो मौद्रिक नीतिको कार्यदिशालाई तेस्रो त्रैमासिकमा पनि निरन्तरता दिइएको हो ।

यसैगरी, राष्ट्र बैंकले विद्यमान नीतिगत दरहरूमा कुनै परिवर्तन गरेको छैन । नीतिगत व्यवस्थामा उल्लेख भएअनुसार ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) सम्बन्धी विद्यमान व्यवस्थाहरूलाई यथावत् कायम राखिएको छ ।

यद्यपि, ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधाको व्यवस्थालाई भने पुनरवलोकन गरिने केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा मुद्रास्फीति राष्ट्र बैंकको लक्ष्यभन्दा निकै तल रहेको छ । आर्थिक वर्ष २०८२र८३ को पहिलो नौ महिनामा औसत उपभोक्ता मुद्रास्फीति २।३९ प्रतिशत रहेको छ, जुन ५।० प्रतिशतभित्र सीमित राख्ने राष्ट्र बैंकको लक्ष्यभित्रै हो । यद्यपि, २०८२ चैतमा भने वार्षिक बिन्दुगत मुद्रास्फीति ४।४७ प्रतिशत पुगेको छ ।

त्यसैगरी, राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमानलाई उद्धृत गर्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३।८५ प्रतिशत रहने जनाएको छ । कृषि क्षेत्रको वृद्धिदर १।५८ प्रतिशत, उद्योग क्षेत्रको १।६७ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ४।२१ प्रतिशत कायम हुने अनुमान छ ।

CMEFs_Nep_Nine-Months_2025.26

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*