मुस्ताङ नाकाबाट छिर्यो करोडौंको भेप, छानविन गर्दै विभाग

२ जेष्ठ २०८३, शनिबार १७:२४

काठमाडौं । भन्सार विभागले मुस्ताङको कोरोला नाकाबाट हिजो राति करिब साढे १० बजेतिर दुई वटा गाडी नियन्त्रणमा लिएर छानविन अघि बढाएको छ । गाडीमा अवैध रूपमा ‘भेप’ लुकाएर ल्याइएको आशंकामा नियन्त्रणमा लिइएको हो ।

हाल गाडी भन्सार विभागको नियन्त्रणमा रहेको र खोलर जाँच गर्ने तयारी भइरहेको स्रोतले बीमापोष्टलाई जानकारी दिएको छ । प्रारम्भिक रुपमा प्राप्त समाचार अनुसार उक्त दुई वटा गाडीमा प्रतिबन्धित भेप करिब एक लाख थान रहेको अनुमान गरिएको छ ।

भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीले मुस्ताङको केरला भन्सारमा दुई वटा गाडी नियन्त्रणमा लिइएको पुष्टी गर्दै छानविन भइरहेको बताए । उक्त भेपको मूल्य करिब ३० करोड भन्दा बढि रहेको बताइन्छ ।

नेपालमा प्रतिबन्धित भेप चीनबाट अवैध रुपमा आयात हुने गर्दछ । नेपालमा क्यारिङमार्फत ठूलो मात्रामा भेप आयात गर्ने गरिन्छ । चीनमार्फत नेपालमा सामान आयात गर्ने सीमित व्यापारीले भेपको कारोबार गर्दै आइरहेका छन् । यसअघि केही पटक सिल्क ट्रान्सपोर्टमार्फत भेप आयात गरिएको भएपनि यस पटकको भेप कसले आयात गरेको भन्ने स्पष्ट खुलिसकेको छैन । बीमापोष्टलाई प्राप्त सूचनामा उक्त भेप चालिसे थरका व्यापारीको भएको बताइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*