कुवेती दिनारको भाउ ५०० रुपैयाँ नाघ्यो, अरु मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको विदेशी मुद्राको विनिमय दरअनुसार आज जेठ ३ गते एक अमेरिकी डलरको खरिद दर १५३.२५ रुपैयाँ र बिक्री दर १५३.८५ रुपैयाँ कायम भएको छ।
विदेशी मुद्रामध्ये बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०५.७५ रुपैयाँ पुगेको छ भने युरोपियन यूरोको बिक्री दर १७९.०८ रुपैयाँ कायम भएको छ। स्वीस फ्र्याङ्कको १९५.८९ रुपैयाँमा बिक्रीदर तोकिएको छ।
खाडी मुलुकका मुद्रातर्फ कुवेती दिनारको खरिद दर ५००.२४ रुपैयाँ र बिक्री दर ५०२.२० रुपैयाँ पुगेको छ। त्यस्तै बहराइन दिनारको बिक्री दर ४०७.९३ रुपैयाँ तथा ओमानी रियालको बिक्री दर ३९९.६१ रुपैयाँ कायम भएको छ।
अष्ट्रेलियन डलरको बिक्री दर ११०.१६ रुपैयाँ, क्यानेडियन डलरको १११.९१ रुपैयाँ तथा सिंगापुर डलरको १२०.२८ रुपैयाँ तोकिएको छ। यस्तै चिनियाँ युआनको बिक्री दर २२.५९ रुपैयाँ र साउदी रियालको ४१.०० रुपैयाँ कायम भएको छ।
एशियाली मुद्रामध्ये जापानी येन १० एकाइको बिक्री दर ९.७१ रुपैयाँ रहेको छ भने दक्षिण कोरियाली वन १०० एकाइको बिक्री दर १०.२७ रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै यूएई दिरामको बिक्री दर ४१.८९ रुपैयाँ र कतारी रियालको ४२.२१ रुपैयाँ कायम भएको छ।













