दाबी भुक्तानीका लागि २१ दिनभित्र सम्पर्कमा आउन नेपाल माइक्रो इन्स्योरेन्सको आग्रह

३ जेष्ठ २०८३, आईतवार ०७:५७

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८२/०८३ को पौष मसान्तसम्म कम्पनीमा निवेदन परेका विभिन्न बीमा दाबीसम्बन्धी आवश्यक कागजात पेश गर्न बाँकी रहेका बीमितलाई २१ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

कम्पनीले हालसम्म पनि केही बीमितले दाबी भुक्तानी प्रक्रियाका लागि आवश्यक कागजात पेश नगरेको तथा कम्पनी वा नियुक्त सर्भेयरको सम्पर्कमा नआएको कारण प्रक्रिया रोकिएको जनाएको छ।

अबको २१ दिनभित्र सम्बन्धित दाबीका सम्पूर्ण आवश्यक कागजातसहित कम्पनीको सम्बन्धित शाखा कार्यालय, प्रदेश कार्यालय वा नियुक्त सर्भेयरसँग सम्पर्क गरी दाबी प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ। साथै तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा नगरी सम्पर्कमा नआएका दाबी फाइलहरू नियमानुसार बन्द गरिने पनि स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*