बालेनको राज्य आतंकविरुद्ध बुटवलमा सुकुम्बासीहरुको विशाल प्रदर्शन

४ जेष्ठ २०८३, सोमबार ०६:५३

काठमाडौं । बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारले सुकुम्बासी बस्तीहरुमा डोजर चलाएर आतंक मच्चएको भन्दै हिजो बुटवलमा विशाल विरोध प्रदर्शन भएको छ । भूमिहिन, सुकुम्बासीहरुले बालेनको राज्य आतंकको विरुद्धमा हजारौं सहभागी हुँदै विरोध प्रदर्शन गरिएको हो ।

बुटवलमा गरिएको प्रदर्शनपछि राष्ट्रिय स्वतन्त्र पार्टी समेत झस्किन पुगेको छ । सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले देशव्यापी रुपमा डोजर आतंक मच्चाउन नछोडेपछि गरिब, निमुखा र सुकुम्बासी जीवन बिताउन बाध्य भएकाहरु सडकमा आएर विरोध प्रदर्शन गर्न बाध्य भएका हुन् ।

सर्वोच्च अदालतले डोजर आतंक बन्द गर्न सरकारका नाममा अन्तरिम आदेश नै जारी गरेपनि प्रधानमन्त्री बालेन्द्र शाहले अज्ञवा गर्दै देशका विभिन्न स्थानमा डोजर आतंक मच्चाइरहेका छन् । पछिल्लो पटक बाँके र मकवानपुरमा डोजर लगाएर सयौं घरहरु भत्काइएको थियो ।

सुकुम्बासी र गरिब बर्गमाथि राज्यले गरेको बर्बर र आततायी दमनका विरुद्धमा गत साता काठमाडौंको माइतीघर मण्डलामा पनि विरोध प्रदर्शन भएको थियो । पछिल्लो समय राज्य आतंककाविरुद्धमा जनप्रदर्शनहरु बढ्दो छ ।

नजिकिँदो बर्षायाममा गरिब र सुकुम्बासीहरुका घर भत्काइएपछि उनीहरुको जीवन दयनीय बनिरहेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*