बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
४ जेष्ठ २०८३, सोमबार १०:४६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसयी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८००रुपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज २० रुपैयाँले घट्दै प्रतितोला पाँच हजार ४० रुपैयाँ कायम भएको छ ।












