छोरीको जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

४ जेष्ठ २०८३, सोमबार १३:१४

काठमाडौं । पछिल्लो समय चाडपर्व तथा उत्सवहरूमा अनावश्यक र फजूल खर्च गर्नुको सट्टा जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको छ। यसैको निरन्तरतास्वरूप रुपन्देहीमा छोरीको जन्मदिनमा बुवा आमाले बीमा पोलिसी उपहार दिएका छन्।

रुपन्देहीको देवदह नगरपालिका वडा नं. ९ निवासी देवि ढकालले आफ्नी छोरी एरिका ढकालको जन्मदिनको अवसर अवसर पारेर ५ लाख रुपैयाँ बराबरको १५ वर्षे “बाल भविष्य योजना” जीवन बीमा गराएका छन्।

जन्मदिनमा विभिन्न भौतिक उपहार दिने पुरानो चलनलाई वेवास्ता गर्दै छोरीको उज्ज्वल भविष्य, शिक्षा, सुरक्षा र आत्मनिर्भर जीवनलाई ध्यानमा राखेर बीमा पोलिसी उपहार दिइएको बताएका छन्।

हाल एरिकाका अभिभावक वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहे पनि छोरीको भविष्य सुरक्षित बनाउने सोचसहित सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेर बीमा पोलिसी उपहार दिएका हुन्।

यस कार्यक्रममा सिटिजन लाइफको शाखा प्रमुख तथा सिटिजन लिडर मिना घिमिरेको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित भएकाहरूले बीमा पोलिसी उपहार स्वरूप दिइने प्रचलन राम्रो भएको प्रतिक्रिया दिएका छन्।

बाल भविष्य योजनाले भविष्यमा शिक्षा, स्वास्थ्य तथा विभिन्न आवश्यकताका लागि आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ। सानो उमेरदेखि नै भविष्यको योजना बनाउने संस्कारले बालबालिकाको जीवनलाई थप सुरक्षित र आत्मविश्वासी बनाउन महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*